Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

उपराष्ट्रपति यादवबाट फहराइयो अग्लो राष्ट्रिय झण्डा


१६ ,श्रावण ,महोत्तरी । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएका छन् ।

महोत्तरीको मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले एक समारोहबीच आज फहराएका हुन् । यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ ।

मुलुककै प्रशिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ । राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै राखिएको शिलालेखको अनावरण गरे ।

मटिहानी नगरपालिकाले निर्माण गरेको विशेष मञ्चमा जडित यो राष्ट्रिय झण्डा फहराउने (उद्घाटन गर्ने) कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरु, मधेस प्रदेशसभा सदस्य, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

समारोह मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । यो राष्ट्रिय झण्डा जडान तस्मैयाबाबा उद्यान निर्माण योजनाकै अङ्ग रहेको मटिहानी नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले बताए ।

कूल पाँच करोड लागत इष्टिमेटको उद्यान निर्माणमा हालसम्म एक करोड १० लाख खर्च भएको र त्यसमध्ये राष्ट्रिय झण्डा जडानमा १२ लाख ५० हजार खर्च भएको प्राविधिक शाखाले जनाएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?