Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले गरे छलफल


१६ श्रावण, काठमाडौं । काठमाडौं उपत्यकामा विशेष सार्वजनिक बस सेवा सञ्चानबारे प्रधानमन्त्री प्रचण्डले छलफल गरेका छन् ।

सार्वजनिक वस सेवा सञ्चालनबारे प्रधानमन्त्री प्रचण्डले साउन १५ गते सोमबार भौतिक योजना तथा यातायता मन्त्रालय,यातयात व्यवस्था विभाग, सडक विभाग, नेपाल प्रहरी र ट्राफिक प्रहरी लगायतका निकायसँग बहुपक्षिय छलफल गरेका हुन् ।

छलफलका क्रममा काठमाडौं उपत्यका दिनहुँ देखिने ट्राफिक समस्या समाधान र विशेष सार्वजनिक बस सेवा सञ्चालन बारे छलफल भएको थियो ।

छलफलमा बोल्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा देखिएका सडकका हरेक समस्या समाधान गर्नेगरी लाग्न सम्बन्धित निकायलाई सचेत गराएका छन् ।

विशेष सार्वजनिक बस सेवा सञ्चालनबारे सम्बन्धित निकायबीच भएको छलफलको प्रशसा गर्दै असोजसम्मलाई तारगेट गरेर विशेष बसहरु सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?