Trending
>>   १२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित >>   “पुरुषको जिन्दगी सजिलो हुन्छ कि महिलाको ? शक्ति कसको बढी ? पीडा कसको गहिरो ?” >>   नर्सहरुसँग आईसीयूमै बरबराउँदैछन् आलम भन्छन् -“हो मान्छे मारेकै हो, तिमीहरू के गर्न सक्छौ?” >>   विदेशीएका विद्यार्थीको मानसिकता बुझाउन: ‘कथा र संवाद: मनका लागि यात्रा’ >>   अडिटरहरूको पहिचान र सम्मानको विषयमा राज्य उदासीनः अध्यक्ष पौडेल >>   बजेटले निजी क्षेत्रका सुझावहरूलाई समेटेको छ, कार्यान्वयन भए नतिजा राम्रो निस्किन्छः अध्यक्ष चन्द्रप्रसाद ढकाल >>   मधेस प्रदेश सरकारको तीन दिने गणतन्त्र दिवसको कार्यक्रम सम्पन्न >>   मुलधारका सञ्चारमाध्यमहरूले राजनीतिमा निर्णायक भुमिका खेल्न सक्नुपर्छः मन्त्री पन्त >>   मुलुकमा द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने कोही छैनः पूर्वअध्यक्ष भट्ट >>   आयोगको सूचना सबै पालिकामा पुगोस्ः अध्यक्ष थापा
Logo
१६ जेष्ठ २०८२, शुक्रबार
१६ जेष्ठ २०८२, शुक्रबार

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै


जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ । अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ । जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ । अझै पूरा हुनसकेको छैन । भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ । तर कालोपत्र गरिएका अधिकांश ठाउँमा उप्किएको छ । मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किँने क्रम जारी छ । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ ।

झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ । कुदुबाट सुयाडासम्मको ८२ किमी सडक खुलिसकेको छ । मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन । लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ । निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ । जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ । निर्माण व्यवसायी कम्पनी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा सम्पन्न भएको बताउनुभयो । स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ ।

कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ । थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताउनुभयो । आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदामासी गरेको आरोप लगाउनुभयो । दश वर्षदेखि पुल नबनाउनेलाई जरिवाना ठेक्का लिएको १० वर्षसम्म पुल नबाउने ठेकेदार कम्पनीलाई सरकारले रु साढे आठ करोड जरिवाना गर्ने निर्णय गरेको छ ।

मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय दैलेखले मध्यपहाडी सडकअन्तर्गत जाजरकोट र रुकुमपश्चिम जोड्ने भेरी नदीमा पुल बनाउने जिम्मा लिएको वाइपी कन्स्ट्रक्सन प्रालिलाई उक्त जरिवाना तिराउने भएको हो । निर्देशनालयले सूचना जारी गर्दै निर्माण व्यवसायीलाई ठेक्का सम्झौताअनुसार काम नगरेको रु आठ करोड दाखिला गराउन निर्देशन दिएको छ । वाइपी कन्स्ट्रक्सनले रुकुम–जाजरकोट जोड्ने भेरी नदीमा पुल निर्माण अधुरै छाडेको थियो । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि निर्माण गर्न अटेर गरेपछि गत मङ्सिर २९ गते को विभागीय निर्णयानुसार ठेक्का सम्झौता रद्द गरिएको हो । कम्पनीले २०६९ सालमा ठेक्का सम्झौता गरेको थियो।

जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरवाहीका कारण १० वर्षदेखि अधुरै थियो । पुलका दुई पिलर मात्र निर्माण गरेर निर्माण कम्पनीले काम छाडेको थियो । तीन वर्षमा काम सम्पन्न गर्ने गरी रु १८ करोड लागत अनुमानको उक्त ठेक्का वाइपी कन्स्ट्रक्सनका राजु श्रेष्ठले रु १४ करोडमा ठेक्का सम्झौता गर्नुभएको थियो । ठेक्का सम्झौताको १० बर्ष बित्दासमेत काम नगरेपछि सम्झौता गत मङ्सिरमा तोडिएको हो । पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रको कामसमेत प्रभावित भएको आयोजनाले जनाएको छ ।


प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?