Trending
>>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ?
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

काठमाडौँ शान्ति समाजमा नयाँ नेतृत्व


१५ ,श्रावण ,काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २६औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।

साधारणसभाले भगवान् पुडासैनीको सभापतित्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपसभापतिमा विकास थापा, सचिवमा सार्जन चापागाईं, सहसचिवमा रोजिना बिष्ट, कोषाध्यक्षमा सानु लामा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा रविना धमला, रेखा बस्नेत, नरेन्द्र श्रेष्ठ, सुरज बोहरा, सुन्दरराज पुडासैनी, मणिराम दाहाल, बुद्धराज रिसाल निर्विरोध निर्वाचित हुनुभएको हो । तीन जना जिल्ला कार्यसमिति सदस्य जिल्ला समितिले मनोनित गर्ने जनाइएको छ ।

‘चुरे ध्वस्त पार्न पाइँदैन : मरभूमिकरण गर्ने नीति चाहिँदैन’ भन्ने नाराका साथ सम्पन्न भएको उद्घाटन साहित्यकार यादव खरेलले गरेका थिए । शान्ति समाजले राजनीतिक शुद्धता र भ्रष्टाचार अन्त्यका लागि आवाज उठाउनुपर्ने उनको भनाइ थियोे ।

कार्यक्रममा शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाईं, वरिष्ठ उपसभापति कृष्ण रावल, महासचिव रेनुका पौडेल, शिक्षा अभियानकर्मी महेन्द्र भट्टराईलगायतले शान्ति र मानव अधिकारका बारेमा भएका गतिविधिका बारेमा प्रकाश पारेका थिए ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?