Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेपाली राष्ट्रिय फुटबल टोलीका मनिष थाइल्यान्डको क्लबमा अनुबन्धित


१५ श्रावण, काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राईकर मनिष डाँगीले थाइल्यान्डबाट ब्यवसायिक फुटबल खेल्ने हुनुभएको छ । मनिषलाई थाइल्यान्डको दोस्रो श्रेणीको रायोङ फुटबल क्लबले अनुबन्ध गरेको छ ।

मनिष र रायोङबीच एक वर्षको सम्झौता भएको छ । मनिष थाइ लिगमा अनुबन्धित हुने पहिलो नेपाली खेलाडी हुनुभएको छ । उनले नेपाली राष्ट्रिय टोलीबाट २२ खेल खेल्दै दुई गोल पनि गरेका छन् ।

नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिगमा गत सिजन संकटा क्लबबाट खेलेका मनिषले २४ खेल खेल्दै चार गोल गरेका थिए । त्यसअघि उनले मच्छिन्द्र क्लबबाट पनि खेलेका थिए । मनिषले बहराइनको क्लब इत्तेहाल अल रेफबाट पनि खेलेका थिए ।


प्रकाशित मिति: १५ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?