Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पहिरो खस्दा दुईको मृत्यु


१४ ,श्रावण ,रुकुम (पश्चिम) । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो ।

पहिरोमा परी एक जना घाइते भएका छन् । आज दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनीहरुको घटनास्थलमै मृत्य भएको हो । त्यस्तै बाँफिकोट–७ कै ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छिन् । खत्रीलाई उपचारका लागि अस्पताल पठाइएको प्रनाउ भट्टराईले बताए ।

घाँस काट्ने क्रममा टेकेको ठाउँ भासिएर तीन जना पहिरोसँगै खसेको उनको भनाइ छ । तीनै जना करिव पाँच सय मिटर तल खसेको र ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: १४ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?