Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

प्रेस स्वतन्त्रताको पक्षमा हामी सतिसाल झैँ उभिन्छौँ : नैनसिंह महर


२५ माघ काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतान्त्रिक अधिकार र प्रेस स्वतन्त्रताको सवालमा पार्टी सतिसाल झैँ उभिने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतान्त्रिक अधिकार र स्वतन्त्र पेसको सवालमा नाफाघाटा नहेरेर अधिकार संरक्षणका लागि कांग्रेस सतिसाल झैँ उभिने बताए।

लोकतान्त्रिक पद्धति र निष्पक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहने उनको धारणा थियो। ‘जननिर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाका प्राणवायु नै हुन्। यी चार अंगको सन्तुलन र प्रभावकारिताले मात्र राष्ट्रले फड्को मार्न सक्छ,’ उनले भने।

अझ स्वतन्त्र प्रेसविना त झन् लोकतान्त्रिक व्यवस्थाले ठिकसँग कामनै गर्न नसक्ने उनको धारणा थियो। लोकतान्त्रिक व्यवस्थाविना नेपाली कांग्रेसको राजनीतिक अभीष्ट पुरा हुननसक्ने बताउँदै केन्द्रीय सदस्य महरले पत्रकारिताको विरुद्धमा कसैलाई पनि धावा नबोल्न चुनौती दिए।

‘नेपाली कांग्रेस लोकतान्त्रिक पद्धति र निश्चपक्ष पत्रकारितामाथिको जुनसुकै आक्रमणको खिलाफमा रहन्छ। कसैको अधिकार हनन् हुँदा कांग्रेस अधिकार संरक्षणका पक्षमा उभिन्छ। लोकतान्त्रिक अधिकार र स्वतन्त्र प्रेसको सवालमा हामी नाफाघाटा हेर्दैनौं। फेरी भन्छौं, अधिकार संरक्षणका पक्षमा सतिसाल झैँ उभिन्छौँ,’ उनले भने। उनले नेपालमा लोकतन्त्र प्राप्तिको लागि प्रेस जगतको ठूलो योगदान रहेको स्मरण गरे।

‘निर्वाचित व्यवस्थापिका, कल्याणकारी कार्यपालिका, निष्पक्ष न्यायपालिका र स्वतन्त्र प्रेस नभए लोकतन्त्र फस्टाउन सक्दैन। लोकतन्त्र नफस्टाएसम्म विकास सम्भव छैन। त्यसैले लोकतन्त्र बचाउन राज्यका यी अंक स्वतन्त्र हुनुपर्ने पर्छ। यिनीहरूमाथि प्रहार गर्ने अधिकार कसैलाई छैन,’ उनले भने। प्रेसका बारेमा पछिल्लो पटक आईरहेका धारणा प्रति लक्षित गर्दै उनले कसैको नाम नलिएरै पछिल्लो समय प्रेममाथि भइरहेको आक्रमणले आफूहरूलाई दुखी तुल्याएको बताए।


प्रकाशित मिति: २५ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?