Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

जनक र निखिताको कोसेली ‘पियार’ बजारमा (भिडियो)


१२ श्रावण, काठमाडाैँ । अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिएका छन् ।

‘पियार’ बोलको म्युजिक भिडियोमा उनिहरु एकसाथ देखापरेका हुन् । युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ । ‘मै छु नि तिम्रो पियार सान्नानी’, ‘सलल पानी यो जिन्दगानी, बगेर जाने छ एक दिन त’, ‘आगो है लाग्यो मधु र वन’, ‘केलाई खोज्नु सुन र चाँदी, मै छु नि तिम्रो पियार सान्नानी’, ‘रेशम, रेशम, रेशमी केश, चन्द्रमा तिम्रो मुहार’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

हृदयस्पर्शी यस गीतमा शब्द र सङ्गीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको सङ्गीत संयोजन रहेको छ । उत्तम हुमागाईले छायाङ्कन गरेको यस गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री दिलु गुरुङ रहेका छन् ।

भिडियो गायक ताम्राकारको युट्युब च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो । यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी–२’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । नयाँ म्युजिक भिडियो मोडल गुरुङको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको जनाइएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?