Trending
>>   निर्वाचित भए काठमाडौंका खोला–नदी ढलमुक्त बनाउँछुः कृष्ण सबुज बानियाँ >>   मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो होइन : विश्वप्रकाश शर्मा >>   निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामहरू नै मेरो मुख्य चुनावी एजेण्डा हुन्ः सुनिल शर्मा >>   राष्ट्रिय लिगमा चर्च ब्वाइजको चौथो जित, चित्लाङको चौथो बराबरी >>   गैरसरकारी संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकताअनुसार काम गर्नुपर्छः प्रधानमन्त्री कार्की >>   जेन–जी परिषद् गठन गर्ने सरकारको निर्णय >>   उद्योग खोल्न नेतालाई गुहार्नुपर्ने र खोलेपछि चन्दा दिनुपर्ने व्यवस्था अन्त्य गर्छौंः बालेन्द्र साह >>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

जनक र निखिताको कोसेली ‘पियार’ बजारमा (भिडियो)


१२ श्रावण, काठमाडाैँ । अभिनेत्री मल्लिका महत र अनुज गुरुङ फेरि एकसाथ नयाँ म्युजिक भिडियोको अभिनयमा देखिएका छन् ।

‘पियार’ बोलको म्युजिक भिडियोमा उनिहरु एकसाथ देखापरेका हुन् । युवा पुस्ताका दुई गायक गायिका जनक ताम्राकार र निखिता थापाको यस गीतमा युगल गायन रहेको छ । ‘मै छु नि तिम्रो पियार सान्नानी’, ‘सलल पानी यो जिन्दगानी, बगेर जाने छ एक दिन त’, ‘आगो है लाग्यो मधु र वन’, ‘केलाई खोज्नु सुन र चाँदी, मै छु नि तिम्रो पियार सान्नानी’, ‘रेशम, रेशम, रेशमी केश, चन्द्रमा तिम्रो मुहार’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

हृदयस्पर्शी यस गीतमा शब्द र सङ्गीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको सङ्गीत संयोजन रहेको छ । उत्तम हुमागाईले छायाङ्कन गरेको यस गीतको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । निकेश खड्काको निर्देशनमा तयार पारिएको भिडियोको निर्मात्री दिलु गुरुङ रहेका छन् ।

भिडियो गायक ताम्राकारको युट्युब च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो । यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी–२’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको थियो । नयाँ म्युजिक भिडियो मोडल गुरुङको जन्मदिनका अवसरमा सार्वजनिक गरिएको जनाइएको छ ।


प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?