Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री प्रचण्डले गरे इटालियन क्लब एएस रोमाको मैदानको अवलोकन (तस्बिरहरू)


११ श्रावण, काठमाडाैँ । इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीयन फुटबल क्लब एएस रोमाको मैदानमा अवलोकन गरेका छन् ।

भ्रमण मण्डलका सदस्यहरू सहितको टोलीले रोमाको मैदान स्टाडियो ओलम्पिकोको अवलोकन गरेका हुन् । उक्त भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले एएस रोमाको फुटबल संग्रहालयको पनि अवोलकन गरेका थिए ।

क्लबका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई क्बलको इतिहासबारे जानकारी दिएका थिए ।

रोमा इटालीयन पूर्व लिग च्याम्पियन क्लब हो । रोमाको घरेलु मैदान स्टाडियो ओलम्पिकोको दर्शक क्षमता ७० हजार रहेको छ । गत सिजन रोमा लिगको छैठाैँ स्थानमा रहेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना भएको युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन इटलीको रोममा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार स्वदेश फर्किँदैछन् ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?