Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले गरे इटालियन क्लब एएस रोमाको मैदानको अवलोकन (तस्बिरहरू)


११ श्रावण, काठमाडाैँ । इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इटालीयन फुटबल क्लब एएस रोमाको मैदानमा अवलोकन गरेका छन् ।

भ्रमण मण्डलका सदस्यहरू सहितको टोलीले रोमाको मैदान स्टाडियो ओलम्पिकोको अवलोकन गरेका हुन् । उक्त भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले एएस रोमाको फुटबल संग्रहालयको पनि अवोलकन गरेका थिए ।

क्लबका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई क्बलको इतिहासबारे जानकारी दिएका थिए ।

रोमा इटालीयन पूर्व लिग च्याम्पियन क्लब हो । रोमाको घरेलु मैदान स्टाडियो ओलम्पिकोको दर्शक क्षमता ७० हजार रहेको छ । गत सिजन रोमा लिगको छैठाैँ स्थानमा रहेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा आयोजना भएको युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन इटलीको रोममा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार स्वदेश फर्किँदैछन् ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?