Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

विश्वकप छनोटमा नेपालले लाओससँग खेल्ने


११ श्रावण, काठमाडाैँ । फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्नेभएको छ ।   मलेसियाको क्वालालम्पुरस्थित एसियाली फुटबल महासङ्घ (एएफसी) को मुख्यालयमा आज सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले दोस्रो चरणमा प्रवेश गर्न लाओसको सामना गर्ने पक्का भएको हो । नेपालले लाओससँग होम एन्ड अवे गरी दुई खेल खेल्नेछ ।

आगामी अक्टोबरमा हुने दुई लेगको छनोटको पहिलो लेग अक्टोबर १२ तारिखमा हुनेछ भने दोस्रो लेग अक्टोबर १७ तारिखमा हुनेछ । यस खेलमा नेपालले विजयी हासिल गरेमा दोस्रो चरणमा प्रवेश गर्नेछ । फिफा विश्वकप छनोटमा विभिन्न ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै एसियन कप छनोटमा भने २४ राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप फुटबल र एएफपी एसियन कप छनोटको पहिलो चरणमा विभिन्न २० राष्ट्रले खेल्नेछन् ।

यसमा नेपाल र लाओसँगै अफगानिस्तान र मङ्गोलिया, माल्दिभ्स र बङ्गलादेश, सिङ्गापुर र गुआम, यमन र श्रीलङ्का, म्यानमार र मकाउ, कम्बोडिया र पाकिस्तान, चाइनिज ताइपेइ र इस्ट टिमोर, इन्डोनेसिया र बु्रनाई तथा हङकङ र भुटानबीच प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?