Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ घोषणा, प्रथम हुनेलाई १ लाख पुरस्कार


११ श्रावण, काठमाडाैँ । विगत दुई दशकदेखि चलचित्रको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ । कलेजले आज यहाँ प्रेस विज्ञप्ति जारी गरी सो प्रतिस्पर्धाको घोषणा गरेको हो । २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले आगामी भदौ २२ गतेभित्र आफ्नो चलचित्र पठाइसक्नु पर्ने छ ।

विज्ञप्तिअनुसार प्रतिस्पर्धामा प्रथम हुने चलचित्रलाई एक लाख, दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ । कलेजका प्रधानाध्यापक रामराजा दाहालले चलचित्र निर्माणमा प्रतिभाको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतिस्पर्धा आयोजना गर्न लागिएको जानकारी दिए ।

उहाँले भन्नुभयो,“चलचित्र सिर्जनात्मक विधा भएको र युवाहरूको मस्तिष्क सिर्जनशील हुने भएकोले युवा लक्षित निर्माण प्रतिष्पर्धा गर्दैछौँ ।”


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?