Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ : प्रधानमन्त्री प्रचण्ड


११ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कडा कदम चालेको बताएका छन् । उनले सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए ।

इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको सम्मानमा रोममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताए । उनले भने, “एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन । सबैको साथ आवश्यक छ ।”

जनताले लामो समयदेखि सास्ती बेहोर्दै आएका राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको चर्चा गर्दै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए । उनले भने, “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ । सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिने सरकारले कामको थालनी गरेको छ ।”

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहितविपरीत सङ्गठित अपराधका रूपमा देखिएकाले सरकारले उक्त कदम चालेको बताए । ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको चर्चा गर्दै उनले भने, “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफिया प्रवृत्तिको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ ।”


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?