Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छौँ : प्रधानमन्त्री प्रचण्ड


११ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र बेथितिविरुद्ध सरकारले कडा कदम चालेको बताएका छन् । उनले सरकार गठन भएलगत्तै बेथितिको नियन्त्रण, सेवा प्रवाहमा सहजीकरण र नागरिकको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ महत्त्वपूर्ण कामको थालनी गरेको बताए ।

इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्रधानमन्त्रीको सम्मानमा रोममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताए । उनले भने, “एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन । सबैको साथ आवश्यक छ ।”

जनताले लामो समयदेखि सास्ती बेहोर्दै आएका राहदानी तथा सवारी चालक अनुमतिपत्र प्राप्तिमा सहजीकरण गरिएको चर्चा गर्दै अर्थतन्त्रमा देखिएको डरलाग्दो अवस्थालाई सही ट्र्याकमा ल्याइएको बताए । उनले भने, “सामाजिक सुरक्षा कोषमा बढीभन्दा बढी श्रमिकलाई आबद्ध गर्ने, विदेशमा बस्ने श्रमिकलाई कोषमा जोड्ने काम गरेका छौँ । सामाजिक सेवा तथा जनतालाई प्रत्यक्ष राहत दिने सरकारले कामको थालनी गरेको छ ।”

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा राष्ट्रहितविपरीत सङ्गठित अपराधका रूपमा देखिएकाले सरकारले उक्त कदम चालेको बताए । ललिता निवास प्रकरणको छानबिनबाट राज्यको सम्पत्ति व्यक्तिमा लैजाने अपराधको अन्त्य गर्ने क्रम सुरु भएको चर्चा गर्दै उनले भने, “यो राज्यको सम्पत्ति राज्यलाई नै फिर्ता गराउने अभियान हो । ललिता निवासको कुरा मात्रै होइन, देशभर चलेको माफिया प्रवृत्तिको अन्त्य र नयाँ भूमि नीतिमार्फत आर्थिक समृद्धिको अभियानसँग जोडिएको छ ।”


प्रकाशित मिति: ११ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?