Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्रीको सम्वोधन समेटेर बन्यो एकीकृत कार्ययोजना


२४ माघ, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ। प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो।

प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृतमाथि बुधबार दिउँसो सिंहदरबारमा बृहत् छलफलसमेत भएको छ। नेपाल सरकारका मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको सो छलफलमा एकीकृत कार्ययोजनामाथि सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो।

प्रधानमन्त्रीले पुस १९ र २० गते नेपाल सरकारका सचिवहरूलाई दिनुभएको निर्देशन, पुस २५ गते सरकारको तर्फबाट जारी नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रममा समाविष्ट विषयहरू, पुस २६ गते प्रतिनिधिभाबाट विश्वासको मत लिनेक्रममा प्रधानमन्त्रीले गर्नुभएको सम्वोधनमा उल्लेखित विषयहरू समावेश गरी एकीकृत कार्ययोजना तयार पारिएको हो।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?