Trending
>>   नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री >>   स्ट्यान्डर्ड चार्टर्ड बैंकको वार्षिक नतिजा सार्वजनिक, नाफा घटेपनि कर्जा गुणस्तरमा सुधार >>   बेरोजगारी,आर्थिक संकट र लागुऔषधका कारण मानसिक समस्यामा वृद्धि :सांसद इन्दिरादेवी >>   खराब कर्जाको चुलिंदो संकट: एक दर्जनभन्दा बढी बैंक उच्च जोखिममा >>   पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः प्रचण्ड >>   अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ छः सभापति देउवा >>   व्यक्तिको आचरण शुद्ध भए भ्रष्टाचार आफैँ अन्त्य हुन्छः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल साउन ३० गते शुक्रबार,हेर्नूहोस् आजको राशिफल >>   देउवा, ओली र प्रचण्डमा एकल नश्लीय शासन प्रवृत्ति हाबी हुँदा लोकतन्त्र सबै नागरिकको बन्न सकेनः… >>   दैनिक एक हजार बढीले पार्टी सदस्यता लिइरहेका छन् : रास्वपा
Logo
३० श्रावण २०८२, शुक्रबार
३० श्रावण २०८२, शुक्रबार

प्रधानमन्त्रीको सम्वोधन समेटेर बन्यो एकीकृत कार्ययोजना


२४ माघ, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विभिन्न समयमा दिनुभएको निर्देशन र गर्नुभएको सम्वोधनलाई समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एकीकृत कार्ययोजना तयार पारेको छ। प्रधानमन्त्रीको निर्देशनमा मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको टीमले एकीकृत कार्ययोजना तयार पारी प्रस्तुत गरेको हो।

प्रधानमन्त्री कार्यालयले तयार पारेको एकीकृतमाथि बुधबार दिउँसो सिंहदरबारमा बृहत् छलफलसमेत भएको छ। नेपाल सरकारका मन्त्रीहरू, सचिवहरू, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू लगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको सो छलफलमा एकीकृत कार्ययोजनामाथि सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो।

प्रधानमन्त्रीले पुस १९ र २० गते नेपाल सरकारका सचिवहरूलाई दिनुभएको निर्देशन, पुस २५ गते सरकारको तर्फबाट जारी नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रममा समाविष्ट विषयहरू, पुस २६ गते प्रतिनिधिभाबाट विश्वासको मत लिनेक्रममा प्रधानमन्त्रीले गर्नुभएको सम्वोधनमा उल्लेखित विषयहरू समावेश गरी एकीकृत कार्ययोजना तयार पारिएको हो।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?