Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जुनियर ब्याडमिन्टन टोली बुधबार जापान जाने


९ ,श्रावण ,काठमाडौँ । जापानमा आयोजना हुने ‘द वाकाबा कप ब्याडमिन्टन प्रतियोगितामा’ भाग लिन जाने जुनियर ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ ।जापानको नागायोकाक्यो सिटीका मेयर केन्गो नाकाकोजीको निमन्त्रणा तथा मोहन भुगोल ब्याडमिन्टन फाउण्डेसनका संस्थापक भुगोल गुरुङको पहलमा जुनियर टोली जापान लागेको हो ।

जुलाई २७ देखि अगष्ट २ सम्म हुने उक्त प्रतियोगिता भाग लिन ११ खेलाडीसहित १५ सदस्यीय टोली बुधबार जापान प्रस्थान गर्नेछ । टोलीमा ६ ब्वाइज र ५ गर्ल्स खेलाडी रहेका छन् भने दुई जना प्रशिक्षक र एक जना सल्लाहकार छन् । टिम लिडरमा भुगोल गुरुङ छन् ।सहभागी खेलाडीहरुमा मिजास उदास, आरुष सिंखडा, अभिराज शेरचन, निभा राई, श्रेरेनी प्रधानाङ्ग, अष्मिता खत्री, दियोन भण्डारी, आयुष्मा नेपाल, गजराज कार्की, सक्षम गुरुङ र दिलाशा राना रहेका छन् ।

मंगलबार बसुन्धारास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, राखेपका पूर्व बोर्ड सदस्य सुबास श्रेष्ठ, ब्याडमिन्टनका वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, १६ फिदर ब्याडमिन्टन क्लबका संस्थापक निराजन सिम्खडा र ब्याडमिन्टन प्रशिक्षक गौतम सिंह कठायत लगायतले खेलाडीलाई बिदाइ गरे ।

जापानमा नेपाली टोलीले जुनियर प्रतियोगिता खेल्नुका साथै केही दिन यू-१३ स्तरको प्रशिक्षण समेत गर्ने फाउण्डेसनका संस्थापक भुगोल गुरुङले जानकारी दिए ।बागमती प्रदेशका अर्थमन्त्री लामाले फाउण्डेसनको यस प्रयासले नेपाली युवा ब्याडमिन्टन खेलाडीको स्तर उन्नतिमा सहयोग गर्नुका साथै नेपाल र जापानबीचको संस्कृति आदान प्रदान हुने समेत बताए ।

पोखरा बुद्ध चोकमा रहेको फाउण्डेसनले यसअघि जापानका सनियर ब्याडमिन्टन प्रशिक्षक सुगियो यामामोटोलाई नेपाल ल्याई एक महिना पोखरामा जुनियर ब्याडमिन्टन खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?