Trending
>>   शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघद्वारा रास्वपा पार्टी कार्यालयमा धर्ना (तस्बिरसहित) >>   बालसंरक्षणमै समर्पित छु, राजनीतिक षड्यन्त्रका आरोप निराधार : इन्दिरा राना >>   अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु >>   स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति >>   मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति >>   लिम्पियाधुरामा व्यापारिक मार्ग खोल्ने सम्झौताको कुटनीतिक नोटमार्फत विरोध जनाइसकेका छौँः प्रवक्ता गुरुङ >>   विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन >>   सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छः गृहमन्त्री लेखक >>   राष्ट्रपतिलाई राजनीतिक दलमा आवद्ध हुन संविधानले रोक्दैनः उपाध्यक्ष पाण्डे >>   भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट
Logo
१६ भाद्र २०८२, मंगलवार
१६ भाद्र २०८२, मंगलवार

जुनियर ब्याडमिन्टन टोली बुधबार जापान जाने


९ ,श्रावण ,काठमाडौँ । जापानमा आयोजना हुने ‘द वाकाबा कप ब्याडमिन्टन प्रतियोगितामा’ भाग लिन जाने जुनियर ब्याडमिन्टन टोलीलाई बिदाइ गरिएको छ ।जापानको नागायोकाक्यो सिटीका मेयर केन्गो नाकाकोजीको निमन्त्रणा तथा मोहन भुगोल ब्याडमिन्टन फाउण्डेसनका संस्थापक भुगोल गुरुङको पहलमा जुनियर टोली जापान लागेको हो ।

जुलाई २७ देखि अगष्ट २ सम्म हुने उक्त प्रतियोगिता भाग लिन ११ खेलाडीसहित १५ सदस्यीय टोली बुधबार जापान प्रस्थान गर्नेछ । टोलीमा ६ ब्वाइज र ५ गर्ल्स खेलाडी रहेका छन् भने दुई जना प्रशिक्षक र एक जना सल्लाहकार छन् । टिम लिडरमा भुगोल गुरुङ छन् ।सहभागी खेलाडीहरुमा मिजास उदास, आरुष सिंखडा, अभिराज शेरचन, निभा राई, श्रेरेनी प्रधानाङ्ग, अष्मिता खत्री, दियोन भण्डारी, आयुष्मा नेपाल, गजराज कार्की, सक्षम गुरुङ र दिलाशा राना रहेका छन् ।

मंगलबार बसुन्धारास्थित फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, राखेपका पूर्व बोर्ड सदस्य सुबास श्रेष्ठ, ब्याडमिन्टनका वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, १६ फिदर ब्याडमिन्टन क्लबका संस्थापक निराजन सिम्खडा र ब्याडमिन्टन प्रशिक्षक गौतम सिंह कठायत लगायतले खेलाडीलाई बिदाइ गरे ।

जापानमा नेपाली टोलीले जुनियर प्रतियोगिता खेल्नुका साथै केही दिन यू-१३ स्तरको प्रशिक्षण समेत गर्ने फाउण्डेसनका संस्थापक भुगोल गुरुङले जानकारी दिए ।बागमती प्रदेशका अर्थमन्त्री लामाले फाउण्डेसनको यस प्रयासले नेपाली युवा ब्याडमिन्टन खेलाडीको स्तर उन्नतिमा सहयोग गर्नुका साथै नेपाल र जापानबीचको संस्कृति आदान प्रदान हुने समेत बताए ।

पोखरा बुद्ध चोकमा रहेको फाउण्डेसनले यसअघि जापानका सनियर ब्याडमिन्टन प्रशिक्षक सुगियो यामामोटोलाई नेपाल ल्याई एक महिना पोखरामा जुनियर ब्याडमिन्टन खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?