Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक साउन २० र २१ मा बस्ने


९ श्रावण, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौँमा बस्ने भएको छ ।

बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर सङ्गठनलाई थप विस्तार गर्ने तयारी भइरहेकोे जानकारी दिइन् । बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उनले बताइन् ।

यही साउन १८ र १९ गते बस्ने पोलिट्ब्यूरो बैठकमा पार्टीका सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ । अगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्ने छ ।

यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्ने छ । यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्ने छ । बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिने छ ।


प्रकाशित मिति: ९ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?