Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

रोममा प्रधानमन्त्री प्रचण्डले भने – नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित हुन्छन्


८ श्रावण, रोम (इटाली) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गरेका छन् ।

सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी भएको बताए ।

‘‘विद्यालय खाजा कार्यक्रम नेपालको एउटा सफल कार्यक्रम हो । यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेका छन्,’’ प्रधानमन्त्रीले भने, ‘‘परिणामस्वरूप विद्यार्थी भर्नामा वृद्धि, नियमित उपस्थिति र शैक्षिक सुधार जस्ता फाइदा देखा परेका छन् ।’’

उनले सन् २०२१ को खाद्य सम्मेलनपछि नेपालले स्थानीयस्तरसम्मको खाद्य प्रणालीका बारेमा छलफल चलाएको र सन् २०२२ देखि २०३० सम्मका लागि खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजना बनाएको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्ड तीन दिने भ्रमणका लागि शनिबार इटाली प्रस्थान गरेका थिए । यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटालीको राजधानी रोम पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले अति कम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनमा सम्बोधन गरेका हुन् ।

सन् २०१४ पछि हुन लागेको यो महत्त्वपूर्ण भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले इटालीमा रहनुभएका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यसूची रहेको छ ।

भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुषाल, प्रधानमन्त्रीका छोरी गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरुको सहभागिता रहेको छ ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?