Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

‘दिनठान’ मन्दिरको संरक्षण गरिँदै


८ ,श्रावण ,भरतपुर । ऐतिहासिक ‘दिनठान’ मन्दिरको संरक्षण गरिने भएको छ । चेपाङ समुदायको आस्थाको केन्द्रका रुपमा मन्दिर रहेको छ । कालिका नगरपालिका–१० छेरबाङमा रहेको सो मन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो ।

गत आर्थिक वर्ष २०७९/०८० मा मन्दिर संरक्षणका लागि वडामार्फत डेढ लाख बजेट विनियोजन गरेर संरक्षणको काम थालिएको वडाध्यक्ष नरजङ्ग प्रजाले बताए । उहाँले मन्दिरको गारो लगाउने काम र काठ व्यवस्था गरिएको जानकारी दिए ।

बजेट अभावमा मन्दिरको छाना छाउने काम बाँकी रहेको थियो । दिनठान मन्दिर चेपाङ समुदायले ऐतिहासिककालदेखि पूजाआजा गर्दै आएको मन्दिर हो । यहाँ विशेष गरेर पुस मसान्त र माघे सङ्क्रान्तिका दिन दुई दिन मेला लाग्छ ।

जङ्गलको बीचमा रहेको मन्दिरमा चेपाङ समुदायले बलि दिने गरेको जनाइउको छ । यहाँ दर्शन गर्नका लागि कालिका नगरपालिकासँगै इच्छाकामना गाँउपालिकाबाट पनि भक्तजन आउने गरेको मन्दिरका पुजारी शेरबहादुर चेपाङले बताए । उनले मन्दिरमा नियमित पूजा गर्दै आएका छन् । “यो एतिहासिक मन्दिर हो”, उनले भने, “यहाँ गाउँमा महामारी फैलँदा, विपद् पर्दा धुप लगाउने र पूजा गर्ने चलन छ ।”

यहाँ नियमित पूजा नगरे गाउँमा बाघ निस्कनेसमेत जनविश्वास रहेको छ । चेपाङ समुदायले सिमी पन्थ भयाँरीलाई देवता मान्ने गर्छन । यो मन्दिरलाई पनि उनै देवताको रुपमा पूजाआजा गर्दै आएको शेरबहादुरले बताए ।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले नगर क्षेत्रका एतिहासिक सम्पदाको संरक्षणका पालिकाले जोड दिएको जनाउँदै दिनठान मन्दिरको संरक्षणका लागि पनि काम गरिने बताए । उनले मन्दिरको संरक्षणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने र प्रचारप्रसारसमेत गरिने बताए ।


प्रकाशित मिति: ८ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?