Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सुरक्षाकर्मीले गरेको दुर्व्यवहार र कुटपिटको निन्दा


७ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति बाराका सचिव एवं सामाजिक अभियन्ता भैयारामप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) उपसचिव धु्रव यादवलगायतलाई सुरक्षाकर्मीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै घटनाको निन्दा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा सवारी साधन दुर्घटनाको विषयमा सहजीकरण गर्न जाँदा यही साउन २ गते सुरक्षाकर्मीले उनिहरूमाथि गरेको दुर्व्यवहार र निर्घात कुटपिटपछि उत्पन्न आन्दोलनपश्चात् पनि दोषीमाथि हालसम्म पनि कारबाही नभएको घटनाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत सामाजिक अभियन्तामाथि भएको दुर्व्यवहारको घटनाको निन्दा र भत्र्सना गरेका छन् । कांग्रेसले घटनाको यथार्थ छानबिन गरी संलग्न दोषीलाई कानुनी कारबाही गर्न र घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै कांग्रेसले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?