Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

सुरक्षाकर्मीले गरेको दुर्व्यवहार र कुटपिटको निन्दा


७ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसले जिल्ला कार्यसमिति बाराका सचिव एवं सामाजिक अभियन्ता भैयारामप्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) उपसचिव धु्रव यादवलगायतलाई सुरक्षाकर्मीले दुर्व्यवहार र कुटपिट गरेको भन्दै घटनाको निन्दा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा सवारी साधन दुर्घटनाको विषयमा सहजीकरण गर्न जाँदा यही साउन २ गते सुरक्षाकर्मीले उनिहरूमाथि गरेको दुर्व्यवहार र निर्घात कुटपिटपछि उत्पन्न आन्दोलनपश्चात् पनि दोषीमाथि हालसम्म पनि कारबाही नभएको घटनाप्रति कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत सामाजिक अभियन्तामाथि भएको दुर्व्यवहारको घटनाको निन्दा र भत्र्सना गरेका छन् । कांग्रेसले घटनाको यथार्थ छानबिन गरी संलग्न दोषीलाई कानुनी कारबाही गर्न र घाइतेहरूको उचित उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । साथै कांग्रेसले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?