Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरणबारे एनपी साउदले भने – बाहिर पत्रिकाले लेखेर मात्र हुन्न


७ श्रावण, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अदालतको निर्णय महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे धारणा राख्दै अदालतको निर्णय पर्खनुपर्ने बताए ।

‘भुटानी शरणार्थीबारे धेरै चर्चा भएको छ। कहिलेकाहीँ केही घटना र अपराध यस्ता हुन्छन्। कोही समातियो भने त्यही दिन पार्टीले निकाल्दिए हुन्छ । कोही छानबिनमा नगएर भाग्यो भने पनि पार्टीले निकाले हुन्छ। तर छानबिन भइरहेको र अनुसन्धानमा सहयोग गरिरहेकोलाई अदालतको निर्णय पर्खिनुपर्छ।’ उनले भने ।

त्यसैगरी, खाणको निलम्बनबारे हतार गर्नु नहुने धारणा पनि राखेका छन् । उनले भनेका छन्, ‘‘हतारमा निर्णय नगरौं। बाहिर पत्रिकाले लेखेर मात्र हुन्न। त्यसले पार्टीको हित गर्दैन। अदालतको निर्णय कुर्नुपर्छ।’


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?