Trending
>>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

नक्कली भुटानी शरणार्थी प्रकरणबारे एनपी साउदले भने – बाहिर पत्रिकाले लेखेर मात्र हुन्न


७ श्रावण, काठमाडाैँ । परराष्ट्रमन्त्री एनपी साउदले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अदालतको निर्णय महत्वपूर्ण हुने बताएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोगमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे धारणा राख्दै अदालतको निर्णय पर्खनुपर्ने बताए ।

‘भुटानी शरणार्थीबारे धेरै चर्चा भएको छ। कहिलेकाहीँ केही घटना र अपराध यस्ता हुन्छन्। कोही समातियो भने त्यही दिन पार्टीले निकाल्दिए हुन्छ । कोही छानबिनमा नगएर भाग्यो भने पनि पार्टीले निकाले हुन्छ। तर छानबिन भइरहेको र अनुसन्धानमा सहयोग गरिरहेकोलाई अदालतको निर्णय पर्खिनुपर्छ।’ उनले भने ।

त्यसैगरी, खाणको निलम्बनबारे हतार गर्नु नहुने धारणा पनि राखेका छन् । उनले भनेका छन्, ‘‘हतारमा निर्णय नगरौं। बाहिर पत्रिकाले लेखेर मात्र हुन्न। त्यसले पार्टीको हित गर्दैन। अदालतको निर्णय कुर्नुपर्छ।’


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?