Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

प्रतिनिधिसभामा समानुपातिक निर्वाचन हटाउन शेखर कोइरालाको प्रस्ताव


७ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समानुपातिक निर्वाचन प्रणालीबाट राम्रो प्रतिनिधित्व दिन नसकिएको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले निर्वाचन प्रणाली फेर्ने अगुवाइ गर्न समेत प्रस्ताव गरेका छन् ।

“साथीहरूलाई अप्रिय लाग्ला तर, समानुपातिक निर्वाचन प्रणालीबाट राम्रो परिणाम दिन सकिएन । प्रत्यक्ष निर्वाचनभित्रैबाट समानुपातिक, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सकिन्छ । कांग्रेसले नै यसको निकास दिन सक्नुपर्छ ।” उनले भने ।

उनले कांग्रेसले अगुवाइ नगर्दासम्म यसको सुधार पनि सम्भव नभएको समेत दाबी गरे । उनले विभिन्न क्षेत्रका विज्ञहरूलाई पार्टीमा काम गर्ने अवस्था निर्माण गर्नुपर्ने तर्क समेत राखे ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?