Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

अक्षयकोष स्थापना


म्याग्दीलगायतका जिल्लामा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको भाषा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रु एक करोडको अक्षयकोष स्थापना भएको छ । नेपाल छन्त्याल सङ्घले संस्थापक अध्यक्ष दिलबहादुर घरब्जाको स्मृतिमा कोष स्थापना गरेको हो । स्वदेश तथा विदेशमा रहेका ७९ जना छन्त्यालबाट न्यूनतम रु ११ हजारदेखि रु २० लाखसम्म सहयोग जुटाएर कोष स्थापना गरिएको सङ्घका सचिव दीपबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

“कोषमार्फत प्राप्त हुने ब्याजले छन्त्यालहरूको पुर्खा, प्राचीन समयका बारेमा र जातिको उत्पत्तिको तथ्यगत प्रमाण, अभिलेख, वंशावली र अन्य दस्तावेजको खोजीमा परिचालन गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “लोप हुन लागेको छन्त्याल भाषा र संस्कृति संरक्षणमा जोड दिएका छौँ ।” आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार सूचीकृत ५९ वटा आदिवासी जनजातिमध्ये छन्त्याल एक आदिवासी जनजाति हो । छन्त्याल जातिको उत्पत्ति र इतिहासको तथ्यगत प्रमाण हालसम्म जुटेको छैन । बोलीचालीमा प्रयोग भए पनि लिपि नभएको छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसक्दा हराउन थालेको छ । बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् । लिपि र शब्दकोष नहुनु, नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न हिचकिचाउनु, बसाइँसराइका कारणले भाषा लोप भएको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कका चन्द्रप्रसाद छन्त्यालले बताउनुभयो । छन्त्याल भाषामा पानीलाई कुई, मासुलाई स्या, फूपूलाई निनी, श्रीमतीलाई ने, दूधलाई नेहे, घरलाई टम्ह भनिन्छ । बोल्न सजिलो भए पनि लिपि, व्याकरण र शब्दकोष नभएकाले लेख्न अप्ठ्यारो हुने छन्त्यालले बताउनुभयो । विसं २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार आठ सय १० जना छन्त्याल समुदायको बसोबास छ ।

कुल छन्त्याल समुदायको सङ्ख्यामध्ये म्याग्दीमा ७० दशमलव दुई र बागलुङमा ३५ दशमलव ४१ प्रतिशत बस्ने गर्छन् । म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बाहुल्य बसोबास छ । जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कुल जनसङ्ख्यामध्ये ३६ दशमलव २७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् ।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?