Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

डुबेर दुई बालिकाको मृत्यु


६ ,श्रावण ,दैलेख । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

उनीहरूको शुक्रबार साँझ करिब ४ बजेतिर पोखरीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी पाँच वर्षीया छोरी सपना खप्तडी र सोही ठाउँकी लीला खप्तडीकी आठ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

शुक्रबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए ।

दुवै बालिकाको दुल्लु अस्पतालमा शव परीक्षण गरिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ६ श्रावण २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?