Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा


५ ,श्रावण , ईटहरी । सशस्त्र प्रहरी र राजश्व अनुुसन्धान कार्यालयको संयुक्त टोलीले करीब १ करोड ८४ लाख ५१ हजार १ सय ९२ रुपैयाँ बराबरको जुत्ता र गार्मेन्टकोजुत्ता र गार्मेन्टको सामानसहित दुईवटा ट्रक नियन्त्रणमा  सामानसहितको दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र राजश्व अनुुसन्धान कार्यालय ईटहरीले ना ५ ख ४३१ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको हो ।

यसैगरी सुुनसरी जिल्लाको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पूर्व–पश्चिम लोकमार्गबाट साउन ४ गते बिओपी श्रीपुुर र राजश्व अनुुसन्धान कार्यालयले जुत्ता र गार्मेन्टको सामानसहितको ना ३ ख ४५७९ नम्वरको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा मोरङबाट काठमाण्डौंतर्फ आउदै गरेको उल्लेखित ट्रकहरुमा जाँच गर्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी सामान फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको जुत्ता र गार्मेन्टको सामानसहित दुई वटै ट्रक आवश्यक अनुुसन्धानको लागि राजश्व अनुुसन्धान कार्यालय ईटहरी  बुझाईएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?