Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

भोली इटाली जाँदै प्रधानमन्त्री प्रचण्ड


५ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भोली युरोपियन मुलुक इटाली जाने भएका छन् ।

इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँगै गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत पनि उक्त भ्रमणमा सहभागी हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको कार्यक्रम श्रावण ८ देखि १० गतेसम्म आयोजना हुने र उक्त कार्यक्रमपछि त्यहाँ रहेका नेपालीहरूसँग प्रधानमन्त्री प्रचण्डले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड श्रावण १२ गते स्वदेश फर्किनेछन् ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?