Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

भोली इटाली जाँदै प्रधानमन्त्री प्रचण्ड


५ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री प्रचण्ड भोली युरोपियन मुलुक इटाली जाने भएका छन् ।

इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँगै गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत पनि उक्त भ्रमणमा सहभागी हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको कार्यक्रम श्रावण ८ देखि १० गतेसम्म आयोजना हुने र उक्त कार्यक्रमपछि त्यहाँ रहेका नेपालीहरूसँग प्रधानमन्त्री प्रचण्डले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड श्रावण १२ गते स्वदेश फर्किनेछन् ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?