Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

साढे २४ करोड ठगी आरोपमा विश्वकर्मा पक्राउ


५ श्रावण, झापा । सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् ।

झापाको गौरादहमा सुन–चाँदी व्यवसाय सञ्चालन गरिरहेका उनी एक महिना अघिदेखि फरार थिए । विश्वकर्मामाथि स्थानीय सर्वसाधारण साढे २४ करोडभन्दा बढी ठगी गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले बिहीबार पूर्वीनाका काँकडभिट्टाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका विश्वकर्मामाथि गौरादहका चार सय ६६ जनाको रु २४ करोड ६५ लाख तीन सय ५५ हिनामिना गरेर फरार भएको आरोप लागेको थियो । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितले ठगी मुद्दा दर्ता गरेका थिए । उनले फरार हुनुअघि गौरादह नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेका कारण आफू फरार भएको र खोजतलास नगर्नुहोला भन्ने सन्देश पठाएर बेपत्ता बनेका थिए ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?