Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए


५ श्रावण, नेपालगञ्ज । मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन् । कोभिड–१९ को समयमा  सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन् ।

भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा पारस पाण्डेले बताए । “भेन्टिलेटर अभावमा कोभिड–१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले पाँचवटा उपलब्ध गराएका थिए । मर्मत गर्न नसक्दा गोदाममा थन्किएका छन् ।” सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर पनि बिग्रिएको उनले बताए ।

अस्पतालसित बाँकी रहेका १३ भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको डा पाण्डेले बताए । “मर्मतका लागि रकमको खाँचो छ, उपलब्ध हुनासाथ मर्मत गर्छौँ”, उनले भने । छिनछिनमा बत्ती आउने जाने हुँदा भेन्टिलेटर बिग्रएका हुन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँले दैनिक छवटा भेन्टिलेटर सञ्चालनमा ल्याएको बताउनुभयो । जनशक्ति र शय्या अभावले बिरामीलाई सेवा दिन नसकिएको उनको भनाइ छ । “प्रत्येक दिन ९० प्रतिशत शय्या भरिभराउ हुन्छन् । नयाँ बिरामीले शय्या पाउन कि पुराना निको हुनुपर्यो, कि सिफारिस भएर अन्यत्र जानुपर्ने हुन्छ ।”

डा चापागाईँले सघन रोगका बिरामीलाई मात्र आइसीयूमा राखेर उपचार गरिने जानकारी दिए । आइसीयूमा उचाररत बिरामीलाई स्वास फेर्न गाह्रो भएपछि भेन्टिलेटरको आवश्यकता पर्छ । भेरी अस्पतालको आइसीयूमा १५ वटा मात्र बेड छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?