Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विद्यालयले मनपरी शुल्क बढाउन थालेपछि उपमहानगरको एक्सन


५ श्रावण, बुटवल । बुटवलका संस्थागत विद्यालयले एकलौटी रूपमा शुल्क वृद्धि गर्न थालेपछि बुटवल उपमहानगरले विद्यालयलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ।

बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकसँगको छलफलका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै पनि प्रकारको शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका हुन्।

कक्षा ११ को भर्ना सुरु हुनुअघि संस्थागत विद्यालयसँग आयोजित छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यार्थीलाई पोसाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागु नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिन पनि निर्देशन दिए। बुटवलका केही विद्यालयले किताब, कापी र पोसाक बेच्ने र आफू अनुकूलका पसलबाट खरिद गर्नका लागि सिफारिस गर्ने र बाध्यकारी बनाउने काम गरेपछि उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको हो।

उहाँले छलफलका क्रममा विद्यालयको गुणस्तर सुधार गर्न अनुरोध गर्दै शुल्क वृद्धि गर्ने काम नगर्न र पुस्तक तथा पोसाक तोकिएकै पसलबाट किन्नुपर्ने बाध्यकारी नियम लागु नगर्न पनि विद्यालयलाई निर्देशन दिएका हुन्।

केही विद्यालयले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्ति कम हुँदा पनि क्षमताभन्दा धेरै विद्यार्थी भर्ना गर्न थालेपछि उपमहानगरले विद्यालयको अवस्था हेरेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरेको हो।

उनले संस्थागत विद्यालयले मनपरी रूपमा शुल्क लिँदै आएको गुनासो आएको भन्दै नगरपालिकाले तय गरेको भन्दा बढी शुल्क लिए कारबाही गर्ने चेतावनी दिए। कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयको गुणस्तरका साथै सिपमूलक शिक्षामा जोड दिनुपर्ने बताइन्। उनले बुटवललाई शिक्षामा अग्रणी बनाउन संस्थागत विद्यालयले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताइन्।

अर्यालले विद्यालयको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयको शिक्षामा सुधार आउने विश्वास व्यक्त गरिन्। बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिँदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकाले त्यसको तयारी गर्न उनले आग्रह गरिन्।


प्रकाशित मिति: ५ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?