Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

भन्सार जाँच पासमा संलग्न सबै कर्मचारी निलम्बन


 

४ ,श्रावण ,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको झण्डै एक सय किलो सुन बरामद प्रकरणमा भन्सारमा विभागले छानबिन सुरु गरेको छ । महानिर्देशक पौडेलका अनुसार जाँच पासमा संलग्न सबै लाइ निलम्बन गरि अनुसन्धान गरिने बताएका छन् ।

प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशकले बताए । ‘केहीबेरमा यसबारे निर्णय हुन्छ, हामीले आन्तरिक छानबिन तीव्र पारेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘जाँच पासमा संलग्न सबै निलम्बन हुन्छन् । यसबाट भन्सारको प्राबिधिक कमजोरी हो वा तस्कर समूह बाट संगठित रुपमा तस्करी गरिएको होअनुसन्धान बाट खुल्ने बताएका छन्।
विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको महानिर्देशक पौडेलले बताए । बरामद सुन मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे बाहिरिएको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीमा ठुलो परिणाम सुन बरामद भएको हो। यस प्रकरणमा अहिले सम्म छ जना पक्राउ परेका छन्

विभागले बरामद भएको सुन तौलिन आज राष्ट्र बैंक लैजाने बताएको छ।


प्रकाशित मिति: ४ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?