Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राष्ट्रिय महिला फुटबल खेलाडीलाई युनिलिभरको प्रायोजन


३ ,श्रावण ,काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले रु २५ लाखको प्रायोजन गरेको छ ।

युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एक वर्षको अवधि रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण रहेको भन्दै नेपाली महिला खेलाडीले सीमित स्रोत साधनका बाबजुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बताए ।

एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा यस सम्झौताले निकै सहयोग पुग्ने बताउँदै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने उल्लेख गरे ।

यसैगरी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले महिला फुटबलको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाले प्रायोजन गरेको बताए ।

नेपाली महिला टिम भर्खरै बङ्गलादेशविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेर फर्किएको हो ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?