Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

राष्ट्रिय महिला फुटबल खेलाडीलाई युनिलिभरको प्रायोजन


३ ,श्रावण ,काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई युनिलिभर नेपालले रु २५ लाखको प्रायोजन गरेको छ ।

युनिलिभरका प्रबन्ध निर्देशक आम्लान मुखर्जी र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एक वर्षको अवधि रहेको सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाली महिला फुटबल खेलको विकासका लागि युनिलिभरको प्रायोजन महत्वपूर्ण रहेको भन्दै नेपाली महिला खेलाडीले सीमित स्रोत साधनका बाबजुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको बताए ।

एन्फा अध्यक्ष नेम्वाङले महिला फुटबलको विकासमा यस सम्झौताले निकै सहयोग पुग्ने बताउँदै पुरुषसँगै महिला फुटबलको विकासमा पनि एन्फाले सक्दो काम गर्ने उल्लेख गरे ।

यसैगरी युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले महिला फुटबलको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले आफ्नो संस्थाले प्रायोजन गरेको बताए ।

नेपाली महिला टिम भर्खरै बङ्गलादेशविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको उपाधि जितेर फर्किएको हो ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?