Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

महोत्तरीमा चिसो छल्न विद्यार्थी घरमै


चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ । मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ ।

“घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भन्नुभयो । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन् । जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन् । केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ । मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो ।

मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ । यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा ‘सुनौलो हजार दिन’ (गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध) आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?