Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोकौँ, राजनीतिक संरक्षणमा हुने साँठगाँठको भण्डाफोर गरौँ – शिवाकोटी


३१,असार ,काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख र आयुक्तमा लैजान रोक्नुपर्ने बताएका छन् । यो विवादित भएको भन्दै नेता शिवाकोटीले पूर्व कर्मचारीलाई अख्तियारमा लैजान रोक्ने हो भने राजनीतिक संरक्षणमा हुने साँठगाँठको अन्त्य हुने भन्दै यसको भण्डाफोर गर्न आह्वान गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान स्टाटस लेख्दै उनले पूर्व घुस्याहा कर्मचारीहरु अख्तियारमा पुग्दा आफ्ना पुराना फाइल दबाउन र सेटिङमा सम्पत्ति कुम्ल्याउन लागिपरेको भन्दै अगाडि भन्छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तमा पूर्व कर्मचारी ल्याउने कुरामा पूरै स्वार्थ बाझिँदै आएको देखिएको छ ।
राजनीतिक शक्ति केन्द्रहरूलाई प्रभावमा पारेर अख्तियारमा पुगेकाहरु त्यहाँ पुगेपछि आफू कर्मचारी हुँदाको हिसाबकिताब मिलाउन, फाइल दबाउन र सेटिङमा सम्पति कुम्ल्याउन मात्र लागेको एक पछि अर्को घटनाक्रमले देखाएको छ।’ उनले यसलाई थप पुष्टि हुने गरी दृष्टान्त केलाउँदै अगाडि लेखेका छन्, ‘आफूलाई बोक्ने राजनीतिक शक्ति केन्द्रको इसारामा प्रयोग हुने, अकुत सम्पत्ति कुम्ल्याउने, आफ्नालाई चोख्याउने गरेकोसमेत उनीहरुको विवादास्पद गतिविधिले देखाएको छ। नत्र अख्तियारकै पूर्व प्रमुख आयुक्त तथा आयुक्तहरु पनि जेल जाने अवस्था किन आउथ्यो ?’ नेता शिवाकोटीले ‘विभिन्न प्रभावमा परेर प्रभावशालीहरुलाई उन्मुक्ति दिन नलागेकै हुन्थ्यो भने अख्तियारले उन्मुक्ति दिएका पूर्व तथा बहालवाला कर्मचारी यतिखेर सीआईबीको खोरमासमेत जाकिँदैनथे’ भनेका छन् ।
अन्त्यमा ‘स्वार्थ बाझिने जान्दाजान्दै अख्तियारमा पुर्याएर पूर्व कर्मचारीलाई अख्तियारकै दुरुपयोग गर्ने लाइसेन्स दिन बन्द गरौँ’ भन्दै ‘आफूलाई र आफ्नालाई बचाउने नाममा राजनीतिक संरक्षणमा हुने यस्ता साँठगाँठको भण्डाफोर गरौंँ’ भनेका छन् । उनले भ्रष्टाचारमुक्त समाज र सुशासनका लागि सहकार्य गर्न पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति: ३१ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?