Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

दैलेखमा किसान पुरस्कृत


२९,असार ,दैलेख । दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो ।

कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उहाँहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको हौसला बढाउन पुरस्कृत गरिएको उनले बताए ।

प्रोत्साहनस्वरुप पाँच कृषकलाई जनही रु १० हजार, ४१ कृषकलाई जनही रु १५ हजार र चार कृषकलाई जनही रु २० हजार नगदसहित सम्मान गरिएको हो ।

व्यावसायिकरूपमा कृषि गर्ने किसानलाई बर्सेनि पुरस्कृत गरिने पाण्डेले बताउनुभयो । पुरस्कारले व्यवसायप्रति थप जिम्मेवारी बढाउनुका साथै हौसला मिलेको चामुण्डा बिन्द्रासैनी– ७ का कृषक सागर शाहीले बताए ।

उनले भने, “उत्पादनका हिसाबले दिइने सम्मानले पेसाप्रति लगाव बढ्छ ।” कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?