Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

दैलेखमा किसान पुरस्कृत


२९,असार ,दैलेख । दैलेखमा व्यावसायिकरूपमा कृषि पेसा गर्ने किसानलाई कृषि विकास कार्यालयले पुरस्कृत गरेको छ । व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाभरिका ५० व्यावसायिक किसानलाई पुरस्कृत गरिएको हो ।

कार्यालयले प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत नगदसहित उहाँहरुलाई सम्मान गरेको कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए । कृषि पेसालाई सम्मानित बनाउनका लागि र कृषकको हौसला बढाउन पुरस्कृत गरिएको उनले बताए ।

प्रोत्साहनस्वरुप पाँच कृषकलाई जनही रु १० हजार, ४१ कृषकलाई जनही रु १५ हजार र चार कृषकलाई जनही रु २० हजार नगदसहित सम्मान गरिएको हो ।

व्यावसायिकरूपमा कृषि गर्ने किसानलाई बर्सेनि पुरस्कृत गरिने पाण्डेले बताउनुभयो । पुरस्कारले व्यवसायप्रति थप जिम्मेवारी बढाउनुका साथै हौसला मिलेको चामुण्डा बिन्द्रासैनी– ७ का कृषक सागर शाहीले बताए ।

उनले भने, “उत्पादनका हिसाबले दिइने सम्मानले पेसाप्रति लगाव बढ्छ ।” कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।


प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?