Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

अवैध संरचना हटाउँदै नगरपालिका


नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो । नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडकपेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताउनुभयो ।

उहाँका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले रू एक करोड रकम छुट्टाएको छ । “सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा रू दुई करोड ६० लाख छुट्टाएर काम गर्ने लक्ष्य लिएको छ”, उहाँले भन्नुभयो । बजार क्षेत्रको व्यवस्थित विकासका लागि नयाँ सडक निर्माण थालिएको वडा नं १ का वडाध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिनुभयो । निर्माणको जिम्मेवारी लिएको कम्पनीलाई ताकेता गर्नुका साथै सदरमुकामका बासिन्दालाई खबरदारी पनि गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकका लागि पनि व्यवस्थित सडक आवश्यक देखिएपछि तीन महिनादेखि नगर उपप्रमुख तप्तकुमारी थापाको संयोजकत्वमा टोली निर्माण गरिएको थियो ।

पहिलो चरणमा देवकोटा चौक, डेकेन्द्र चौकलगायत सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडकपेटी र घरटहरा भत्काएसँगै सडक पुनः पिच गर्ने नगरपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा जिल्ला समन्वय समितिको भवन, बालमन्दिरको भवन भत्काउने काम सुरु गरिएको नगरपालिका उपप्रमुख थापाले बताउनुभयो । सदरमुकाममा वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या अब हट्ने स्थानीयले अपेक्षा गरेका छन् ।


प्रकाशित मिति: २१ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?