Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

अवैध संरचना हटाउँदै नगरपालिका


नारायण नगरपालिकाले नगर क्षेत्रभित्र रहेका अवैध संरचना हटाउँदै मुख्य सडक व्यवस्थित बनाउने अभियान सुरु गरेको छ । सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाउँदै व्यवस्थित पुनः निर्माण अभियान थालेको हो । नगरभित्रका सडक चौडा गर्ने, नाली व्यवस्थापन गर्ने तथा सडकपेटी भत्काउन सुरु गरिएको नगरपालिका प्रमुख लोमन शर्माले बताउनुभयो ।

उहाँका अनुसार मालपोत कार्यालयदेखि नारायण मन्दिरसम्मको सडक स्तरोन्नतिका लागि पूर्वाधार विकास कार्यालयले रू एक करोड रकम छुट्टाएको छ । “सदरमुकामको बीच सडकलाई स्तरोन्नति गर्न नगरपालिकाले विभिन्न चरणमा रू दुई करोड ६० लाख छुट्टाएर काम गर्ने लक्ष्य लिएको छ”, उहाँले भन्नुभयो । बजार क्षेत्रको व्यवस्थित विकासका लागि नयाँ सडक निर्माण थालिएको वडा नं १ का वडाध्यक्ष शैलेश श्रेष्ठले जानकारी दिनुभयो । निर्माणको जिम्मेवारी लिएको कम्पनीलाई ताकेता गर्नुका साथै सदरमुकामका बासिन्दालाई खबरदारी पनि गर्नुपर्ने श्रेष्ठको सुझाव छ । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकका लागि पनि व्यवस्थित सडक आवश्यक देखिएपछि तीन महिनादेखि नगर उपप्रमुख तप्तकुमारी थापाको संयोजकत्वमा टोली निर्माण गरिएको थियो ।

पहिलो चरणमा देवकोटा चौक, डेकेन्द्र चौकलगायत सदरमुकामका व्यस्त चोकहरूको व्यवस्थापन गर्ने र दोस्रो चरणमा सडकपेटी र घरटहरा भत्काएसँगै सडक पुनः पिच गर्ने नगरपालिकाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखसँगको समन्वयमा जिल्ला समन्वय समितिको भवन, बालमन्दिरको भवन भत्काउने काम सुरु गरिएको नगरपालिका उपप्रमुख थापाले बताउनुभयो । सदरमुकाममा वर्षातमा हिलो र हिउँदमा धुलोको समस्या अब हट्ने स्थानीयले अपेक्षा गरेका छन् ।


प्रकाशित मिति: २१ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?