Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङ इञ्जिन


२८ असार, काठमाडाैँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट https://www.himalaya-airlines.com/ मा गएर टिकट बुकिङ गर्न सक्नेछन् ।

यो सुविधा प्रयोग गर्ने यात्रुलाई विभिन्न गन्तव्यसँग जोड्न सहज हुने कम्पनीको अपेक्षा छ । आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट यो सेवाको प्रारम्भिक चरणमा ग्राहकले मोबाइलबाट टिकट खरिदका लागि इसेवावालेट, मास्टरकार्ड र भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन् भने युनियन पे र कनेक्ट आइपिएस सेवा निकट भविष्यमा उपलब्ध गराइने एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवा उपभोग गर्न सकिनेछ । एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवा बुकिङ, संयुक्त सेवा चयन गर्नेजस्ता अन्य विभिन्न सेवा पनि ल्याएको छ । साथै यात्रुले विमानस्थलमा समय बचत गर्न अनलाइन चेक इन पनि गर्न सक्नेछन् ।

एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ सेवा सुरुआतका साथै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न कम्पनी प्रयासरत रहेको बताए । उनले भने, “हामी ग्राहकलाई बढीभन्दा बढी गुणस्तरीय सेवा प्रदान गर्न सदैव तत्पर छौँ । त्यसैले अनलाइन टिकटका लागि सरल, छिटोछरितो र अधिक सुविधाको आनन्द प्रयोगकर्तालाई हुनेगरीे इन्टरनेट बुकिङइञ्जिन सेवाको घोषणा गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ ।” नयाँ सेवाबाट हिमालयले आफ्ना ग्राहकलाई सहजरुपमा टिकट बुकिङ अनुभव प्रदान गर्नेछ ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?