Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त


२८ असार, काठमाडाैँ । चिनियाँ कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले जारी गरेको शोक सन्देशमा दाहालको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरिएको छ ।

“सीता दाहाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को एक महत्वपूर्ण नेताका रूपमा काम गरेको र हाम्रो विभागको निमन्त्रणामा भएको चीन भ्रमणमा उहाँको पनि सहभागिता थियो”, शोक सन्देशमा भनिएको छ, “उहाँको निधनप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ ।”

उक्त पार्टीले यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासको नेतृत्व गर्न प्रधानमन्त्री दाहालको दृढशक्तिको कामनासमेत गरेको छ । प्रधानमन्त्री दाहाल पत्नीको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।


प्रकाशित मिति: २८ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?