Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार वितरण


२६ ,असार ,बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ ।

पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गरेका छात्राहरू सङ्गीता राय र हिमानी तामाङ गरी तीन जनालाई प्रोत्साहनस्वरूप रकम वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई जनही ५० हजारको चेक हस्तान्तरण गरेका हुन् । पालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यले सो रकम वितरण गरिएको उनले बताए ।

रोशी गाउँपालिकाले लिएको नीतिअन्तर्गत शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थी सिकाइ अभिवृद्धिसँग आबद्ध गरी आधारभूत र माध्यमिक तहको सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान कार्यक्रम गर्दै आएको छ ।

सोअन्तर्गत निरन्तरता दिँदै आएको प्रोत्साहन रकम वितरणलाई यस वर्ष पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?