Trending
>>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न >>   राष्ट्रियताको रक्षा गर्न ओलीको विकल्प छैनः पदम गिरी >>   पक्ष—विपक्ष छैन, हामी सबै एमाले हौँः कृष्णगोपाल श्रेष्ठ >>   एमाले फुटोस् र पार्टी बनाउँछौँ भन्ने सपना देख्नेहरुको चाहना पूरा हुनेछैनः महेश बर्तौला >>   एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी (तस्बिरसहित)
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

तटबन्धसहितको करिडोर निर्माण सुरु


नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिँदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ । गत वर्षको बाढीले परासी बजार जलमग्न हुनुका साथै करोडौँको क्षति भएपछि नगरपालिकाले झरही खोला नियन्त्रणको काम सुरु गरेको हो । जसका लागि नगरपालिकाले यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ ।

तटबन्ध लगाएर करिडोर निर्माणको योजनामा रहेको नगरपालिकाले बजेट अभाव भएपछि प्रदेश र सङ्घीय सरकारसँग बजेट व्यवस्था गर्न माग गरेको छ । नगरप्रमुख धनपत यादवले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धुव्र प्रधानलाई भेटेर बजेट व्यवस्था गर्न माग गर्नुभएको छ । नगरप्रमुख यादवका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले आफूले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर बजेटको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा नगरपालिकाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले अन्य मन्त्रालयसँग यस विषयमा कुरा भइरहेकाले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो ।

नगरपालिकाले रामग्राम सात उजैनीदेखि रामग्राम एक सहुवाटिकरसम्म तटबन्ध र करिडोर निर्माणका लागि सङ्घीय सरकारसँग रु १० करोड माग गरेको नगरप्रमुख यादवले बताउनुभयो । अहिले नगरपालिकाले झरही खोला पुलदेखि काम पनि सुरु गरेको छ । अन्य खोलाको पनि सफाइ र डुबान कटान नियन्त्रणका लागि स्काभेटर खरिद गर्न लागिएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २१ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?