Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

तटबन्धसहितको करिडोर निर्माण सुरु


नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले डुबान र कटान नियन्त्रणलाई प्राथमिकता दिँदै झरही खोलामा तटबन्धसहितको करिडोर निर्माण थालेको छ । गत वर्षको बाढीले परासी बजार जलमग्न हुनुका साथै करोडौँको क्षति भएपछि नगरपालिकाले झरही खोला नियन्त्रणको काम सुरु गरेको हो । जसका लागि नगरपालिकाले यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ ।

तटबन्ध लगाएर करिडोर निर्माणको योजनामा रहेको नगरपालिकाले बजेट अभाव भएपछि प्रदेश र सङ्घीय सरकारसँग बजेट व्यवस्था गर्न माग गरेको छ । नगरप्रमुख धनपत यादवले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री धुव्र प्रधानलाई भेटेर बजेट व्यवस्था गर्न माग गर्नुभएको छ । नगरप्रमुख यादवका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले आफूले बाढी नियन्त्रणलाई प्राथमिकता दिएर बजेटको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा नगरपालिकाको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले अन्य मन्त्रालयसँग यस विषयमा कुरा भइरहेकाले आवश्यक बजेट व्यवस्था गर्ने बताउनुभयो ।

नगरपालिकाले रामग्राम सात उजैनीदेखि रामग्राम एक सहुवाटिकरसम्म तटबन्ध र करिडोर निर्माणका लागि सङ्घीय सरकारसँग रु १० करोड माग गरेको नगरप्रमुख यादवले बताउनुभयो । अहिले नगरपालिकाले झरही खोला पुलदेखि काम पनि सुरु गरेको छ । अन्य खोलाको पनि सफाइ र डुबान कटान नियन्त्रणका लागि स्काभेटर खरिद गर्न लागिएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: २१ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?