Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता


२६ असार, काठमाडाैँ । चीन भ्रमणमा रहेका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङ बीच चीनको बेइजिङस्थित एनडिआरसीको कार्यालयमा आज भेटवार्ता भएको छ ।

उक्त भेटवार्तामा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौता अनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकीलाई द्रुतगतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो ।

नेपाल आगामी १६औँ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।

आयोगका उपाध्यक्ष डा श्रेष्ठले एनडिआरसीका उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपालको भ्रमण गर्न निमन्त्रणा दिनुभयो । यसअघि स्टेट प्लानिङ कमिसनको रुपमा रहेको सो चिनियाँ संस्था हाल एनडिआरसीका रुपमा चिनिन्छ । यस्तै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ ।


प्रकाशित मिति: २६ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?