Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

पाठेघरको मुखको क्यान्सर परीक्षणमा मेरी स्टोप्स नेपाल र रोटरी क्लब अफ राजधानीबिच सहकार्य


२५ असार, काठमाडाैँ । पाठेघरको मुखको क्यान्सर परीक्षणमा मेरी स्टोप्स नेपाल र रोटरी क्लब अफ राजधानीले सहकार्य गरेका छन् । मेरी स्टोप्स नेपालले रोटरी क्लब अफ राजधानीको सहकार्यमा महिला स्वास्थ्य उपहार कार्यक्रम सुभारम्भ गरेको हो ।

आईतबार ललितपुरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महासाखाका निर्देशक डा.विवेक लालको उपस्थितिमा मेरी स्टोप्स नेपालका कार्यकारी निर्देशक तुषार निरौला र रोटरी क्लव अफ बागमतीका अध्यक्ष केपी उपाध्यायले सहकार्य गरेका हुन । यो कार्यक्रम अन्तगत मेरी स्टोप्स नेपालले आफ्ना देश भरि रहेका क्लिनिकहरुमा पाठेघरको क्यान्सर जाँच गर्नका लागि नि शुल्क कुपन उपलब्ध गराउने छ ।

यो उपहार कुपन हो । यसलाई रोटरी क्लवका सदस्यहरु मार्फत मात्र बितरण गरिने छ । यो सेवा प्राप्त गर्नका लागि कुपन भएको महिलाले एमएसएन वा एसपिएन केन्द्रलाई ११४३ टोल फ्रि हेल्प लाइनमा फोन गर्नु पर्छ । फोन मार्फत महिलाले आफुले चाहेको क्लिनिकमा पाठेघरको मुखको क्यान्सरको परीक्षणका लागि समय मिलाउन सक्छन र उपयुक्त समयमा परीक्षण गर्न सक्ने छन ।

कार्यक्रममा परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक कुमार लालले पाठेघरको मुखको क्यान्सरको संक्रमण घटाउन यसको रोकथाम सबैभन्दा महत्वपूर्ण कदम भएको बताउदै यो कुपन कार्यक्रमले महिलाको स्वास्थ्य परिक्षण गर्ने दर बढाउने विश्वास व्यक्त गरे ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्ने लक्ष लिएको जानकारी दिदै डा. लालले यो कुपन कार्यक्रमले नेपालबाट पाठेघरको मुखको क्यान्सर उन्मूलनमा सकारात्मक कदम भएको बताए ।

रोटरी क्लव अफ राजधानीका अध्यक्ष केपी उपाध्यायले रोटरीको सञ्जाल मार्फत यो उपचार कुपनको पहूँचलाई अधिकतम महिलाको पहूचसम्म पु्र्याउने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको बताए । महिलाको पाठेघरको मुखको क्यान्सरको सहज पहूच स्थापित भइ परीक्षणको संख्या अत्यधिक बढ्ने उपाध्यायले बताए ।

अष्टेलियन राजदुतावासकी विकास प्रमुख कविता कास्यानाथनले पाठेघरको मुखको क्यान्सरको रोकथाम अष्ट्रेलियन एडको प्राथिमिकताको कार्यक्रम भएको बताउदै यो उपचार कुपन कार्यक्रमलाई सक्दो सहयोग गर्ने योजना बनाएको जानकारी दिइन । मेरी स्टोप्स नेपालका कार्यकारी निर्देशक तुषार निरौलाले नेपालमा महिलामा पाठेघरको मुखको क्यान्सरको अवस्था चिन्ताजनक भएको बताउदै यसको रोकथामका लागि चालिएका कदममा सबैको सहकार्य हुनु आवश्यक रहेको बताए । नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख रहेको छ ।

नेपालमा बिगत ५ वर्षमा हरेक १० मा एक जनाको काम पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।मेरी स्टोप्स नेपालले नेपाल सरकार र रोटरी क्लव अफ राजधानी जस्ता समाजिक संस्थाहरुको सहकार्यका नेपाल भरिनै महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने जनाएको छ ।

मेरी स्टोप्स नेपालका एमएसएन क्लिनिकहरु काठमाडौं उपत्यका भित्र चुच्चेपाटी, सातदोवाटो, पुलतीसडक, गंगबु र उपत्यका बाहिर इटहरी, लहान, विराटनगर, बिर्तामोड, लालबन्दी, वीरगन्ज, नारायणघाट, बर्दघाट, पोखरा, सुर्खेत, दाङ, बुटबल, भैरहवा, कोहलपुर र कैलालीको अत्तरियामा रहेका छन् ।


प्रकाशित मिति: २५ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?