Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

स्ववियु निर्वाचनका लागि शेखर–गगन समूहले बनायो समानान्तर तयारी समिति


काठमाडौंः स्ववियु निर्वाचनका कांग्रेस संस्थापन इतर समूह (शेखर–गगन समूह) निकट विर्धाथीहरुले नेताहरुले समानान्तरतयारी समिति गठन गरेका छन् । संस्थापन इतर समूह निकछ नेपाल विधार्थी संघ (नेविसंघ) का विधार्थी नेताहरुले आज नेपाल ल क्याम्पसमा भेला गरेर १३ समानान्तर स्मितिहरु बनाएको हो । सो समूहले वैधानिक पूर्णताको माग, स्ववियु निर्वाचनको तयारि र नेविसंघ भित्रको एकाधिकारवादका विरुद्ध खवरदारी भेला गर्दै शेखर समुहका विधार्थी नेताहरुले भेलावाट स्ववियु निर्वाचन तयारि समितिहरु गठन गरेको छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा संस्थापनको एकाधिकारवाद हावि भएको सो समूहको निष्कर्ष छ ।

नेविसंघ नेता ई. भुवन भट्टले नेविसंघको वैधानिक पुर्णताको माग र स्ववियु निर्वाचनको तयारीका लागि भेलाले १३ वटा समितिहरु गठन गरेको जानकारी दिए । उनले यी समितिले स्ववियु चुनावमा नेविसंघलाई विजय गराउन भुमिका खेल्ने बताए ।

भेलाले घोषणा पत्र निर्माण समिती संयोजमा धर्मराज शाही , स्ववियु परिचालन समिति संयोजक ई.सुवास पौडेल, स्ववियु प्रचार प्रसार समिति संयोजक ई।भुवन भट्ट, स्ववियु समन्वय समिति संयोजक विक्रम आदित्य सिंह, स्ववियु जिल्ला समन्वय समिति संयोजक राजकुमार बस्नेत, सुझाव संकलन समिति संयोजक शुसान्त आचार्य, उपत्यका क्याम्पस ईकाइ समन्वय समिति संयोजक नवीन के।डि, युवा विधार्थी परिचालन समिति संयोजक जयराम वडाल, ने।वि।संघ सम्पर्क समिति परिचालन समिति संयोजक तिर्थ मिश्र, स्ववियु निर्वाचन प्रशिक्षण समिति संयोजक तारा वहादुर थापा, अन्तर प्रदेश समन्वय समिति तपेन खड्का, अन्तर विश्वविद्यालय समन्वय समित संयोजक मुना कंडेल, प्राविधिक वधार्थी समन्वय समिति संयोजक सुजन सापकोटालाई चयन गरिएको छ ।


प्रकाशित मिति: २० माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?