Trending
>>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग >>   प्रधानमन्त्री राहत कोषको हिसाबकिताब खोज्दै एमाले सांसद कँडेल >>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्रीको अभिव्यक्तिले जनतालाई ठेस पुगेको छ : शेखर कोइराला


२२ असार, काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गलत भएको बताएका छन् ।  उनले प्रचण्डको उक्त अभिव्यक्तिले जनतालाई ठेस पुगेको पनि बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले सो क्रममा भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्‍याएको छ ।’

असार १८ गतेको कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि उनको आलोचना भइरहेको छ ।


प्रकाशित मिति: २२ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?