Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

घर आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता


१८ असार, जुम्ला । जुम्लाको तातोपानी ४ गिडिखोलामा घर जलाइएको आरोपमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तातोपानी ४ निवासी भरत नेपालीको घर जलेको थियो।सो विषयमा अनुसन्धान गर्दा प्रहरीले घर जलाउने व्यक्तिको पहिचान गरेर मुद्दा दर्ता गराएको हो।

प्रहरी निरीक्षक जोशीका अनुसार तातोपानी ४ कै हिक्मत गिरीसहित तीन जनाविरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरिएको हो।हिक्मतले प्रहरीलाई प्रारम्भिक जानकारीमा गोठबाट आगो लगाएको स्वीकार गरेका छन्।

मुलुकी अपराधसंहिता २०७४ को दफा २८५ र १६६ अनुसार अपराधिक उपद्रव र जातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर मुद्दा अगाडि लगाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । घटनाको चार दिनअघि घरधनी भरत नेपालीका भाइ मुकेन्द्र नेपालीले सोही गाउँकी एक किशोरी भगाएर विवाह गरेको जनाइएको छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार आइतबार बिहान अन्दाजी ३ बजे आगलागी हुँदा भरत नेपालीको तीन तले घर जलेको थियो।यता केटीका बुवाले छोरी हराएको भन्दै गत असार १३ गते निवेदन दिएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार केटीका बुवाले दिएको निवेदनमा मुकेन्द्र नेपालीसँग विवाह गरेकी किशोरी अन्दाजी १६ वर्षीया रहेको उल्लेख छ।यता किशोरीले अध्ययन गर्ने विद्यालयको प्रमाणपत्रमा १४ वर्ष सात महिनाको मात्र रहेको खुलेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?