Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

घर आगजनी गर्नेविरुद्ध मुद्दा दर्ता


१८ असार, जुम्ला । जुम्लाको तातोपानी ४ गिडिखोलामा घर जलाइएको आरोपमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तातोपानी ४ निवासी भरत नेपालीको घर जलेको थियो।सो विषयमा अनुसन्धान गर्दा प्रहरीले घर जलाउने व्यक्तिको पहिचान गरेर मुद्दा दर्ता गराएको हो।

प्रहरी निरीक्षक जोशीका अनुसार तातोपानी ४ कै हिक्मत गिरीसहित तीन जनाविरुद्ध जाहेरी परेपछि हिक्मतलाई पक्राउ गरिएको हो।हिक्मतले प्रहरीलाई प्रारम्भिक जानकारीमा गोठबाट आगो लगाएको स्वीकार गरेका छन्।

मुलुकी अपराधसंहिता २०७४ को दफा २८५ र १६६ अनुसार अपराधिक उपद्रव र जातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार कसुर मुद्दा अगाडि लगाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । घटनाको चार दिनअघि घरधनी भरत नेपालीका भाइ मुकेन्द्र नेपालीले सोही गाउँकी एक किशोरी भगाएर विवाह गरेको जनाइएको छ ।

प्रहरी निरीक्षक जोशीका अनुसार आइतबार बिहान अन्दाजी ३ बजे आगलागी हुँदा भरत नेपालीको तीन तले घर जलेको थियो।यता केटीका बुवाले छोरी हराएको भन्दै गत असार १३ गते निवेदन दिएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार केटीका बुवाले दिएको निवेदनमा मुकेन्द्र नेपालीसँग विवाह गरेकी किशोरी अन्दाजी १६ वर्षीया रहेको उल्लेख छ।यता किशोरीले अध्ययन गर्ने विद्यालयको प्रमाणपत्रमा १४ वर्ष सात महिनाको मात्र रहेको खुलेको प्रहरीले जनाएको छ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?