Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

एटिएमबाट रकम लुट्ने प्रयास असफल, भल्ट नखुलेपछि बच्यो २० लाख भन्दा बढी रकम


१८ असार, झापा । मेचीनगर–६ काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ । सोमबार राति २ बजे मेचीनगर–६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैंकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो ।

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैंकका मेनेजर रेवन्त न्यौपानेले बताए । तर एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम सुरक्षित रहेको न्यौपानेको भनाइ छ ।

अन्दाजी २०/२२ वर्षको नकावधारी एक युवाले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको सिसीटिभीमा देखिएको जानकारी मेनेजर न्यौपानेले दिए ।

उनले भने, ‘‘युवकले भल्ट फोड्ने प्रयास गरे पनि नसकेपछि अन्यत्र गएको पाइएको छ । भल्ट खोल्ने प्रयास गरेको र नखुलेपछि छाडेर हिँडेको देखिएको छ ।’’

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले एनआईसी एशिया बैंकको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको र फरार युवाको प्रहरीले खोजी गरिरहेको बताए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?