Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

एटिएमबाट रकम लुट्ने प्रयास असफल, भल्ट नखुलेपछि बच्यो २० लाख भन्दा बढी रकम


१८ असार, झापा । मेचीनगर–६ काँकरभिट्टास्थित एनआईसी एशिया बैंकको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको छ । सोमबार राति २ बजे मेचीनगर–६ स्थित राधिका क्षेत्रीको घरमा सञ्चालित बैंकको एटिएमबाट रकम लुट्ने प्रयास भएको हो ।

भुइँतलामा रहेको एटिएमको सटरमा मान्छे भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैंकका मेनेजर रेवन्त न्यौपानेले बताए । तर एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम सुरक्षित रहेको न्यौपानेको भनाइ छ ।

अन्दाजी २०/२२ वर्षको नकावधारी एक युवाले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको सिसीटिभीमा देखिएको जानकारी मेनेजर न्यौपानेले दिए ।

उनले भने, ‘‘युवकले भल्ट फोड्ने प्रयास गरे पनि नसकेपछि अन्यत्र गएको पाइएको छ । भल्ट खोल्ने प्रयास गरेको र नखुलेपछि छाडेर हिँडेको देखिएको छ ।’’

इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले एनआईसी एशिया बैंकको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको र फरार युवाको प्रहरीले खोजी गरिरहेको बताए ।


प्रकाशित मिति: १८ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?