Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ऋषिङ गाउँपालिकाका ८ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण


१६ असार, तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यअनुरुप विद्यालयबाट माग भइआएका निवेदनका आधारमा ल्यापटप वितरण गरेको हो

सबै सामुदायिक विद्यालयमा कम्प्युटर जडान भए पनि विद्युत् लाइन नहुँदाको समयमा ल्यापटप सहज हुने भएकाले ल्यापटप उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । विद्यालयमा मात्रै नभई प्रयोगात्मक काममा विद्यालय बाहिर जाँदा पनि ल्यापटप लैजान सजिलो हुने भएकाले विद्यालयलको मागबमोजिम प्राथमिकताका आधारमा ल्यापटप हस्तान्तरण गरिएको उनले बताए ।

प्रवक्ता दरैका अनुसार शुक्ला मावि, सहिदगङ्गा मावि, राधा आवासीय विद्यालय, महेन्द्रदोय, जयदुर्गा मावि, श्रृग मावि, सरस्वती आवासीय विद्यालय र शिवसरस्वती माविलाई ल्यापटप प्रदान गरिएको छ ।

गाउँपालिकाले ७० प्रतिशत र विद्यालयले ३० प्रतिशत लगानी गरेर खरिद गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिल्यापटप रू ९० हजारका दरले खरिद गरिएको हो ।

गाउँपालिकाभित्र रहेका ११ वटा मावि र ३४ आधारभूतसहित ४५ वटै सामुदायिक विद्यालयमा कम्प्युटर जडान गर्ने लक्ष्य रहेको उनले बताए । अध्यक्ष श्रेष्ठका अनुसार गत वर्ष १० वटा विद्यालयलाई कम्प्युटर प्रदान गरिसकिएको छ । उनले भने, “बाँकी रहेका अन्य विद्यालयलाई पनि क्रमिक रुपमा वितरण गर्दै प्रविधिमैत्री बनाइने छ ।”


प्रकाशित मिति: १६ असार २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?