Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

परराष्ट्रमन्त्री र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता


काठमाडौ: परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो ।
मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।
भेटका अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५ औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुनुहुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्र मन्त्री पौड्यालसँग अनुरोध गर्नुभयो ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?