Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

परराष्ट्रमन्त्री र बंगलादेशका राजदूत चौधरीबीच भेटवार्ता


काठमाडौ: परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटमा परराष्ट्रमन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका फ्लाइट सुरु गर्न राजदूत चौधरीलाई आग्रह गर्नुभयो ।
मन्त्री पौड्याल र राजदूत चौधरीबीचको भेटमा नेपाल र बंगलादेशबीचको पर्यटन व्यापार तथा कृषि क्षेत्रमा सहयोग र साझेदारी अभिवृद्धि गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।
भेटका अवसरमा राजदूत चौधरीले श्रीलंकाको ७५ औं स्वातन्त्रता दिवसका अवसरमा सहभागी हुनुहुने बंगलादेशी विदेशमन्त्री डा. एके अब्दुल मोमेनसँग भेटवार्ता गरी दुई देशबीचको सहकार्यलाई अझ बलियो बनाउन परराष्ट्र मन्त्री पौड्यालसँग अनुरोध गर्नुभयो ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?