Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नू : औषधि विभाग


१४ असार, काठमाडाैँ । औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शंका लागेमा परीक्षण गरेर मात्र बिक्री–वितरण गर्न अनुरोध गरेको छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको गुणस्तरीयताको सम्बन्धमा विभागमा जनगुनासो आएकाले सबै अस्पतालका औषधि पसललाई औषधिको गुणस्तर परीक्षण गराई गुणस्तर यकिन गरेर मात्रै मात्र बिक्री–वितरण गर्न अनुरोध गरेका हुन्।

‘विभिन्न अस्पतालमा सञ्चालित फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरीयताको सम्बन्धमा यस विभागमा जनगुनासो प्राप्त भएका छन्,’ उनले भने, ‘औषधि ऐन, २०५३ को दफा १२ अनुरूप औषधि सुरक्षित, असरमुक्त र गुणयुक्त हुनुपर्ने व्यवस्था रहेकाले सबै अस्पतालमा सञ्चालित फार्मेसीले औषधिको खरिद तथा बिक्री–वितरण गर्दा परीक्षण गराउनुपर्नेछ।’

महानिर्देशक ढकालले औषधिको गुणस्तर यकिन गरेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने बताए। औषधि वितरक तथा औषधि पसल सञ्चालक नागरिकको स्वास्थ्यप्रति जिम्मेवार बन्दै गुणस्तरीय औषधि सेवन गर्ने नागरिकको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?