Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कम्पनीको नाम जोडेर आएका फेक सुचनाबाट टाढा रहन टेलिकमको अनुरोध


१४ असार, काठमाडाैँ । नेपाल टेलिकमले कम्पनीको नाम जोडेर आएका विभिन्न अफर सहितका सुचना फेक भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै टेलिकमले त्यस्ता भ्रमित सुचनाको पछि नलाग्न अनुरोध समेत गरेको छ ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेलिकमले कर्मचारी आवश्यकतासम्बन्धी सूचना प्रकाशित गर्दा राष्ट्रिय दैनिक गोरखापत्र र टेलिकमकै वेबसाइटमा राख्ने बताउँदै ती स्रोतको मात्र विश्वास गर्न अनुरोध गरेका छन् ।

टेलिकमले भ्रमित विज्ञापनको खण्डन गर्दै भनेको छ, ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न ‘भ्याकेन्सी’ खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।’


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?