Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

कम्पनीको नाम जोडेर आएका फेक सुचनाबाट टाढा रहन टेलिकमको अनुरोध


१४ असार, काठमाडाैँ । नेपाल टेलिकमले कम्पनीको नाम जोडेर आएका विभिन्न अफर सहितका सुचना फेक भएको जनाएको छ । एक विज्ञप्ती जारी गर्दै टेलिकमले त्यस्ता भ्रमित सुचनाको पछि नलाग्न अनुरोध समेत गरेको छ ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले टेलिकमले कर्मचारी आवश्यकतासम्बन्धी सूचना प्रकाशित गर्दा राष्ट्रिय दैनिक गोरखापत्र र टेलिकमकै वेबसाइटमा राख्ने बताउँदै ती स्रोतको मात्र विश्वास गर्न अनुरोध गरेका छन् ।

टेलिकमले भ्रमित विज्ञापनको खण्डन गर्दै भनेको छ, ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न ‘भ्याकेन्सी’ खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ । कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।’


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?