Trending
>>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा >>   भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित >>   आरोपकै आधारमा कसैलाई दोषि करार गर्दैनौँः मनिष झा >>   भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनाको लागि जग्गा पहिचान गरिसक्यौँः सचिव भुजेल >>   चाडपर्व खर्च नपाएको भन्दै ६ सय बढीले दिए उजुरी, सरकार एक्शनमा >>   सरकारले आईजीपी हटाउँछ भन्ने लाग्दैनः खुश्बु ओली >>   हिमपात र हिमपहिरोको जोखिमःपर्वतारोहण तथा पदयात्रा नगर्न आग्रह
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

भानु पुरस्कार डा कँडेल र असिम पुरस्कार नेपाललाई


१४ असार, काठमाडाैँ । यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा घनश्याम कँडेललाई प्रदान गरिने भएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुरुयाएका साहित्यकार प्रा कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी परिषद्बाटै प्रदान गरिने गोपाल पाँडे असिम पुरस्कार अर्का साहित्यकार शैलेन्दु प्रकाश नेपाललाई प्रदान गरिने भएको छ । ती पुरस्कारको राशि क्रमशः रु एक लाख २५ हजार र रु ५० हजार तथा प्रशंसापत्र रहेको छ । भानु पुरस्कार आगामी भानु जयन्तीका अवसरमा र गोपाल पाँडे असिम पुरस्कार असिम जयन्तीका अवसरमा प्रदान गरिने परिषद्का सचिव लक्ष्मण थापाले जानकारी दिए ।


प्रकाशित मिति: १४ असार २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?