Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीका २० सुझाव


काठमाडौँ । एकीकृत समाजवादीले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै संकट समाधानका लागि २० बुँदे सुझाव दिएको छ । जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको प्रतिनिधि मण्डलमा सहभागी उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए ।

एकीकृत समाजवादीले आर्थिक संकट समाधानका लागि अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन सुझाव दिएको छ ।
महंगी नियन्त्रण गर्नुपर्ने, संविधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ लागू गर्नुपर्ने लगायतका सुझाव एकीकृत समाजवादीको छ । युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्न कदम चाल्नुपर्ने, कृषि उत्पादन र बिक्रीका योजना बनाउनुपर्ने सुझाव पनि एकीकृत समाजवादीको छ ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?