Trending
>>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

‘सकारात्मक कुरामा ध्यान दिऔँ’


राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रा डा सूर्यप्रसाद ढुङ्गेलले मानसिक समस्या ९डिप्रेसन० भयो भनेर लज्जित नहुन आग्रह गर्नुभएको छ । सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा सोमबार ललितपुरमा आयोजित आत्महत्या रोकथामसम्बन्धी सहयोगी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ मानसिक समस्या पनि एकप्रकारको रोग भएकाले बेलैमा सचेत भई उपचार गर्नुपर्छ भन्नुभयो । “मानसिक समस्या भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन । हरेक मान्छेमा समस्या हुन्छ । कति प्रतिशत भन्नेमात्रै हो । पाँचा–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ । धेरै प्रतिशत हुँदा समस्या हुने हो”, उहाँले भन्नुभयो, “आफ्नो ज्यान आफैँले समाप्त गर्नु भनेको मानवअधिकार हनन् पनि हो । बाँच्न पाउने अधिकारबाट आफैँले आफैँलाई समाप्त पार्नु पनि पाप हो । तसर्थ आत्महत्या गरेर आफ्ना परिवारजन, आफन्तमाथि पनि अन्याय गर्नुहुँदैन । एउटा मानिससँग धेरै मान्छेको साथ र अपेक्षा जोडिएको हुन्छ ।”

कार्यक्रममा युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले हरेक मानिसमा घटना र परिस्थितिलाई ग्रहण गर्न सक्ने र सहन गर्न सक्ने क्षमता फरकफरक हुने तर्क गर्नुभयो । “असहज परिस्थितिको सामना गर्ने क्षमता कम हुने भएकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको देखियो । बालबालिकामा एक खालको डर, त्रास र अनिन्द्रा हुने, खाना खान मन नलाग्ने लगायतका समस्या धेरै अगाडि समयदेखि देखिँदो रहेछ, त्यसलाई बेलैमा पहिचान गरेर उनीहरुमा देखिने समस्या समाधान गर्ने हो भने आत्महत्या धेरै हदसम्म कम हुन्छ ।” उहाँले भन्नुभयो । अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतमले आत्महत्या गरेर मर्नेको मलामी जानु पनि महापाप हुन्छ भन्ने कुरा मनुस्मृतिको पाँचौँ अध्यायमा उल्लेख भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “सबै धर्मग्रन्थ सकारात्मक छन्, समाजमा मात्रै नकारात्मक व्याख्या गरेर खराब बनाइएको हो । सबै धर्मग्रन्थले आत्महत्या गर्नुलाई पापको रुपमा व्याख्या गरेको छ ।” अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण मानसिक समस्या बढ्दै आत्महत्यासम्म पुग्ने गरेको बताउनुभयो ।उहाँले भन्नुभयो, “शिक्षा, संस्कार, संस्कृति, जीवन र दर्शनसँग जोडेर हामीले हाम्रा बालबालिकालाई सक्षम बनाउनुपर्छ । आत्महत्या रोकथामका लागि विद्यालय र क्याम्पसका विद्यार्थीलाई पनि बुझाएर सचेतना जगाउने काम गर्नुपर्दछ ।” त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी प्रा डा नन्दिता शर्माले मानिसमा चाहना असीमित हुँदा महत्वकांक्षाले नकारात्मकता तीर लैजाने र परिपूर्ति नहुँदा आत्महत्यासम्म पुग्ने गरेको बताउनुभयो । ९९ प्रतिशत आत्महत्या जनचेतना, समन्वय र सहयोगमार्फत रोक्न सकिनेमा उहाँले जोड दिनुभयो । नायब प्रहरी निरीक्षक महसुद आलम खाँले मानिसको आवश्यकता र सहजतालाई मिलाएर काम गर्ने सक्ने वातावरण सिर्जना गरेर यसलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।

सुख सुविधाको भोकमा लाग्दा अशान्ति कायम हुने र आत्महत्याको अवस्था सिर्जना हुने उहाँको तर्क थियो । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले आत्महत्याको भयावहबाट हरेक वर्ग प्रताडित रहेको बताउनुभएको छ । विपद् प्रतिकार्यका लागि काम गर्छौँ त्यसैगरी आत्महत्या रोकथामका लागि रणनीतिक कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मनोवैज्ञानिकविद् पदमप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले आत्महत्या रोकथाम सबै तहका सरकारको जिम्मेवारीमा पर्ने भएकाले समन्वयका साथ यसका लागि आवश्यक काम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।


प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?